कांग्रेसभित्र असन्तुष्टि चुलियो, गगन थापामाथि बस्नेतको निशाना
S
Sristi Thakuri२०२६-०६-१४, ११:०४ AM

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत ले पार्टीको वर्तमान नेतृत्वले संगठनलाई इतिहासकै कमजोर अवस्थामा पुर्याएको आरोप लगाएका छन्।
विराटनगरमा संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले सभापति गगन थापालाई लक्षित गर्दै पार्टीलाई कमजोर बनाउने काम भइरहेको आरोप लगाए।
बस्नेतले क्रियाशील सदस्यता नवीकरणमा अवरोध गरिएको भन्दै डा.शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि जस्ता नेताहरूलाई समेत अन्याय भएको दाबी गरे।
उनले आन्तरिक विवादका कारण कांग्रेस संकटतर्फ गएको भन्दै पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



