Global TV Logo
लोड हुँदैछ...

भ्याट दर घटाउन र आयकर छुट सीमा बढाउन अर्थविद्हरूको जोड

S
Sristi Thakuri
२०२६-०५-२१, ०९:४७ AM
होमपेज/आर्थिक
भ्याट दर घटाउन र आयकर छुट सीमा बढाउन अर्थविद्हरूको जोड

अर्थ समितिमा बजेट छलफलका क्रममा विज्ञहरूले अर्थतन्त्र चलायमान बनाउन कर संरचनामा सुधार आवश्यक रहेको सुझाव दिएका छन् । उनीहरूले भ्याट दर १३ प्रतिशतबाट घटाएर १०–१२ प्रतिशतसम्म ल्याउन, व्यक्तिगत आयकर छुटको सीमा बढाउन र समग्र कर प्रणाली पुनरावलोकन गर्न सरकारलाई आग्रह गरेका छन् ।करविद् रुप खड्काले माग बढाउन भ्याट दर घटाउनुपर्नेमा जोड दिँदै वर्तमान दरलाई पुनरावलोकन गर्न सुझाव दिए । त्यस्तै अर्थविद् चन्द्रमणि अधिकारीले मध्यम र निम्न मध्यम वर्गको जीवनयापन खर्च बढेकाले कर छुट सीमा उल्लेखनीय रूपमा बढाउनुपर्ने बताए ।पूर्वसचिव दीर्घराज मैनालीले आन्तरिक ऋणलाई चालु खर्चमा होइन, उत्पादनशील आयोजनासँग जोड्नुपर्ने आवश्यकता औँल्याए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले वित्तीय संघीयतामा देखिएको असन्तुलन सुधार गर्न बजेटले भूमिका खेल्नुपर्ने बताए ।उद्योगी हरिभक्त शर्माले कच्चा पदार्थमा बढी कर र तयारी वस्तुमा कम कर लाग्दा स्वदेशी उत्पादन प्रतिस्पर्धामा कमजोर बनेको बताए । विज्ञहरूले समग्र कर संरचना सुधार नगरे अर्थतन्त्रमा अपेक्षित सुधार नआउने निष्कर्ष निकालेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com