Global TV Logo
लोड हुँदैछ...

अर्थमन्त्री वाग्ले : बजेटले युवामा आशा जगाउने र अर्थतन्त्र सुधार्ने आधार तयार गर्छ

S
Sristi Thakuri
२०२६-०६-०१, ०७:०२ AM
होमपेज/आर्थिक
अर्थमन्त्री वाग्ले : बजेटले युवामा आशा जगाउने र अर्थतन्त्र सुधार्ने आधार तयार गर्छ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रमा नीतिगत सुधारको आधार तयार गर्नुका साथै युवामा आशा जगाउने दाबी गरेका छन् । 

नाफिजद्वारा आयोजित ‘पोस्ट–बजेट’ छलफलमा उनले १० लाख रुपैयाँसम्मको आयकर छुट, उच्च आयमा करदर कटौती तथा कर बक्यौता व्यवस्थापनका उपायले अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे । उनले  नेपाल टेलिकमको केही हिस्सा सर्वसाधारणलाई सेयरमार्फत दिने, नेपाल वायुसेवा निगम र नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्ने तथा वैकल्पिक वित्तीय स्रोतमार्फत पूर्वाधारमा लगानी बढाउने योजना रहेको बताएका छन् । विद्युतमा भ्याट लगाउने निर्णय कायम रहने तर उपभोक्तामा भार नपर्ने गरी व्यवस्था गरिने तथा ५० लाख रुपैयाँभन्दा कम मूल्यका इभी सस्तो हुने उनले स्पष्ट पारेका छन् । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
अर्थमन्त्री वाग्ले : बजेटले युवामा आशा जगाउने र अर्थतन्त्र सुधार्ने आधार तयार गर्छ | Global TV Khabar