Global TV Logo
लोड हुँदैछ...

बजेटमाथि स्पष्ट पार्न अर्थमन्त्री वाग्लेको पत्रकार सम्मेलन

S
Sristi Thakuri
२०२६-०५-३१, ०४:४२ AM
होमपेज/आर्थिक
बजेटमाथि स्पष्ट पार्न अर्थमन्त्री वाग्लेको पत्रकार सम्मेलन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा आज पत्रकार सम्मेलन गर्दैछन् । 

अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलनमार्फत अन्तक्र्रिया गर्न लागेका हुन् । दिउँसो ३ बजे आगामी आर्थिक वर्षको बजेटका शन्र्दभमा पत्रकार सम्मेलन आयोजना गरिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबार अर्थमन्त्री वाग्लेले संघीय संसदको संयुक्त बैठकमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए । यसमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव ८ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् २० दशमलव ३ प्रतिशत रहेको छ । यस्तै, वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९ दशमलव ९ प्रतिशत विनियोजन गरिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
बजेटमाथि स्पष्ट पार्न अर्थमन्त्री वाग्लेको पत्रकार सम्मेलन | Global TV Khabar