महिलाका लागि ‘ब्लूबस’ सेवा सञ्चालन गर्ने सरकारको घोषणा
S
Sristi Thakuri२०२६-०५-२९, ११:२९ AM

सरकारले महिलाका लागि सुरक्षित सार्वजनिक यातायात सेवाका रूपमा ‘ब्लूबस’ सञ्चालन गर्ने घोषणा गरेको छ ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालन गरिने जानकारी दिए। यसले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।त्यसैगरी काठमाडौं उपत्यकाका सडकलाई धुलोरहित बनाउने योजना पनि सरकारले अघि सारेको छ । उपत्यकाको वातावरण सुधार र यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न कार्यक्रम लागू गरिने अर्थमन्त्री वाग्लेले बताए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



