असारमा बैंक निक्षेपको ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीमा औसत ४.२७ प्रतिशत

काठमाडौँ, जेठ ३१-वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
जेठको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४ दशमलव २७ प्रतिशत विन्दुमा झरेको छ । यस्तो ब्याजदर जेठ महिनामा ४ दशमलव ३४ प्रतिशत विन्दुमा थियो ।
संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । जेठमा ३ दशमलव २० प्रतिशत रहेको यस्तो ब्याजदर असारमा ३ दशमलव १८ प्रतिशत कायम भएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् ।
ब्याजदर घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबि बैंक रहेका छन् । अन्य १३ बैंकले भने जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, प्रभु बैंक र सानिमा बैंक लगायत १३ वटा बैंकहरूले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



