Global TV Logo
लोड हुँदैछ...

अमेरिका–इजरायलले आक्रमण दोहोर्याए पश्चिम एसियामा युद्ध फैलिने इरानको चेतावनी

S
Sristi Thakuri
२०२६-०५-२०, ०९:३२ AM
होमपेज/अन्तर्राष्ट्रिय
अमेरिका–इजरायलले आक्रमण दोहोर्याए पश्चिम एसियामा युद्ध फैलिने इरानको चेतावनी

इरानको रिभोलुसनरी गाड्र्सले अमेरिका र इजरायलले पुनः आक्रमण सुरु गरे पश्चिम एसियामा जारी तनाव क्षेत्रीय सीमाभन्दा बाहिर फैलिने चेतावनी दिएको छ ।सम्भावित पुनः संघर्र्षबारे बढ्दो आशंकाबीच तेहरानले अमेरिका र इजरायलविरुद्ध यस्तो कठोर चेतावनी सार्वजनिक गरेको हो । रिभोलुसनरी गाड्र्सले आफ्नो वेबसाइट ‘सेपाह न्युज’ मार्फत जारी गरेको विज्ञप्तिमा यदि इरानविरुद्ध आक्रमण दोहोरियो भने ‘यस पटकको क्षेत्रीय युद्ध अझ टाढासम्म फैलिनेछ’ र प्रतिशोधात्मक कारबाही अत्यन्त विनाशकारी हुनेछ भनिएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा दीर्घकालीन सम्झौता नभए वासिङ्टनले इरानमाथि पुनः सैन्य कारबाही गर्न सक्ने संकेत गरेका छन । पछिल्लो समय दुवै पक्षबीच वार्ता प्रयाससँगै धम्कीपूर्ण अभिव्यक्तिहरू पनि तीव्र बनेका छन । फेब्रुअरी २८ बाट सुरु भएको युद्धपछि दुवै पक्षले आ–आफ्ना प्रस्ताव आदानप्रदान गर्दै आएका छन । अप्रिल ८ देखि अस्थायी युद्धविराम लागू भए पनि स्थायी समाधान अझै फेला परेको छैन । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com