Global TV Logo
लोड हुँदैछ...

फोहोर व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै काठमाडौं महानगर

S
Sristi Thakuri
२०२६-०६-१४, ०८:२७ AM
होमपेज/विशेष समाचार
फोहोर व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै काठमाडौं महानगर

 काठमाडौँ,  जेठ ३१-काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको छ।

नगरसभाको १९औँ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘प्रदूषकले तिर्ने’ सिद्धान्तअनुसार फोहोर व्यवस्थापन शुल्क संकलनलाई कानुनी तथा व्यावहारिक रूपमा कार्यान्वयन गरिने बताइन्।

महानगरले बञ्चरेडाँडा डम्पिङ साइट प्रयोग गर्ने छिमेकी स्थानीय तहसँग फोहोरको परिमाण र प्रकृतिका आधारमा साझेदारीको व्यवस्था गर्ने तयारी पनि गरेको छ। साथै, फोहोर व्यवस्थापनलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन एप सञ्चालनमा ल्याइने भएको छ।

महानगरले आगामी वर्ष वायु, जल, जमिन, ध्वनि तथा दृश्य प्रदूषण नियन्त्रणका लागि आधुनिक प्रविधिको प्रयोग बढाउँदै वातावरण संरक्षण र सहरी सौन्दर्यीकरणलाई प्राथमिकतामा राख्ने जनाएको छ। यसका लागि संघ, प्रदेश तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com