सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
B
Binita Thapa२०२६-११-०४, ०४:०७ AM

काठमाडौँ, कात्तिक १८ - नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीलाई भेट्न सभापति थापा मंगलबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका थिए । उनीहरूबिच करिब एक घण्टा छलफल भएको बताइएको छ । कांग्रेस सभापति थापा निकट नेताका अनुसार उनीहरूबिच मधेस प्रदेशको सरकारका विषयमम कुराकानी भएको छ । एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार संकटमा छ ।
एमाले, जसपा र नेकपा मिलेर नयाँ सरकारको गृहकार्य गरिरहेका बेला ओलीलाई भेट्न थापा गुण्डु पुगेका हुन् । भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताइएको छ ।
सम्बन्धित खबर
लोकप्रिय खबर
लोड हुँदैछ...

