Global TV Logo
लोड हुँदैछ...

यस वर्षको भाइटीकाको साइत बिहान ११ बजेर ७ मिनेटमा

B
Binita Thapa
२०२६-११-०४, ०३:४८ AM
होमपेज/विशेष समाचार
यस वर्षको भाइटीकाको साइत बिहान ११ बजेर ७ मिनेटमा

काठमाडौँ, कात्तिक १८ - यसवर्षको भाइटीकाको साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटका लागि निकालेको हो । समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले  दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्ने जानकारी दिएका छन् । 

समितिका अनुसार यो वर्ष यमपञ्चक अन्तर्गतको पर्व कात्तिक २० गते शुरु हुनेछ । कात्तिक २० गते शुक्रबार धन त्रयोदशी अर्थात धनतेरस पर्व मनाइनुका साथै साँझ यमदीपदान गरिनेछ । कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ । कात्तिक २२ गते आइतबार नरक चतुर्दशी मनाइनेछ ।

 त्यसपछि कुकुर तिहार मनाइनेछ । साँझ लक्ष्मीपूजा गरिने छ । कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ । कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा,गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ । यसै दिन नेपाल संवत् ११ सय ४७ आरम्भ हुनेछ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com