Global TV Logo
लोड हुँदैछ...

अब नियन्त्रित क्षेत्रमा भ्रमण गर्नुअघि विदेशी नागरिकले विभागबाट अनुमति लिनुपर्ने

B
Binita Thapa
२०२६-०६-१५, ०४:५४ AM
होमपेज/विशेष समाचार
अब नियन्त्रित क्षेत्रमा भ्रमण गर्नुअघि विदेशी नागरिकले विभागबाट अनुमति लिनुपर्ने

काठमाडौँ, असार १ - नेपालको नियन्त्रित क्षेत्रमा भ्रमण गर्न चाहने विदेशीले छुट्टै अनुमति लिनुपर्ने भएको छ । 

गृहमन्त्रालयले यससम्बन्धमा अध्यागमनसम्बन्धी ऐन संशोधन गर्दैछ । उक्त विधेयकको मस्यौदा तयार भएको मन्त्रालयले जनाएको छ । नेपालको भौगोलिक, सामाजिक, साँस्कृतिक वा जैविक विविधताको संरक्षण गर्न तथा आन्तरिक सुरक्षालाई मजबुत बनाउन संघीय मन्त्रिपरिषद्ले नेपाल भित्रको कुनै निश्चित भू–भाग वा स्थानलाई नियन्त्रित क्षेत्रको रुपमा तोक्न सक्नेछ । 

त्यसरी नियन्त्रित क्षेत्र तोकेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्ने हुन्छ । भ्रमण अनुमति लिँदा एजेन्सीमार्फत लिनु पर्नेछ । कूटनीतिक भिसा प्राप्त गरेका, गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका,गैरआवासीय नेपालीको परिचयपत्र प्राप्त गरेकाले भने एजेन्सी मार्फत भ्रमण अनुमति लिन अनिवार्य हुने छैन । यसमा एजेन्सी भनेर नेपालमा विदेशीलाई भ्रमण वा पदयात्रा सेवा उपलब्ध गराउने प्रचलित कानुन बमोजिम अनुमति पाएको व्यक्ति,फर्म वा कम्पनीलाई इंकित गरिएको हो । 

नियन्त्रित क्षेत्रमा भ्रमण गर्दा भ्रमण अनुमतिमा उल्लेख भए बमोजिमको शर्तको पालना र पदमार्गको प्रयोग गर्नु पर्ने हुन्छ । अन्यथा, नियन्त्रित क्षेत्रमा लिएको भ्रमण अनुमति रद्ध समेत हुन सक्छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com