एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दातमा : कृषि मन्त्रालय

जेठ ६- कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक लाख ४४ हजार ८०३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ । मन्त्रालयले मौज्दात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको दाबी समेत गरेको छ ।
मध्यपूर्वको पछिल्लो द्वन्द्वका कारण विगत वर्षका तुलनामा मलको भाउ बढेको पनि कृषि मन्त्रालयले जनाएको छ । बिस्तारै रासायनिक मलको विकल्पमा जानुपर्ने र किसानलाई सकेसम्म प्राङ्गारिक मलको उपयोग गर्न पनि आग्रह गरिएको छ । अब खेतीको मुख्य सिजन शुरु भैसकेको छ । यो बेला रासायनिक मलको माग र विषय जोडतोडका साथ उठ्ने गर्छ ।
नीति तथा कार्यक्रममा जैविक तथा प्राङ्गारिक मललाई प्राथमिकतामा राखिएको छ । जैविक तथा प्राङ्गारिक मलमा अनुदानको व्यवस्था नीति तथा कार्यक्रमले समेटेको छ । जैविक तथा प्राङ्गारिक खेती प्रोत्साहनबाट रासायनिक मल र विषादीको प्रयोगबाट बढ्दै गएका चुनौती न्यूनीकरणमा सहयोग पुग्ने समेत जााइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



