Global TV Logo
लोड हुँदैछ...

पश्चिमी वायूको आंशिक प्रभाव: हिमाली र पहाडी क्षेत्रमा बादल, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

S
Sristi Thakuri
२०२६-११-०६, ०४:५९ AM
होमपेज/विशेष समाचार
पश्चिमी वायूको आंशिक प्रभाव: हिमाली र पहाडी क्षेत्रमा बादल, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, कात्तिक २० - हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ । 

नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु / कुहिरो लागेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com