Global TV Logo
लोड हुँदैछ...

संविधान संशोधनको उद्देश्यबारे प्रचण्डको प्रश्न

S
Sristi Thakuri
२०२६-०७-३०, ०८:०९ AM
होमपेज/विशेष समाचार
संविधान संशोधनको उद्देश्यबारे प्रचण्डको प्रश्न

काठमाडौं , साउन १४ - नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अघि बढाएको संविधान संशोधनको तयारीबारे प्रश्न उठाएका छन्।

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न बनेको कार्यदलले काम सम्पन्न गरिसकेको छ। तर, अन्तिम चरणमा अन्य दलका प्रतिनिधिलाई प्रक्रियाबाट अलग गरिएको भन्दै प्रश्न उठिरहेको छ।

यही सन्दर्भमा प्रचण्डले हजारौंको बलिदान र लामो संघर्षबाट प्राप्त संविधानलाई पुनर्लेखन गर्न खोजिएको हो कि भन्ने आशंका व्यक्त गरेका छन्। साथै, संविधानलाई कमजोर पार्ने उद्देश्यबाट संशोधन अघि बढाइएको त होइन भन्ने प्रश्न आम जनतामा देखिन थालेको उनको भनाइ छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com