किएभमाथि तीन दिन आक्रमण नगर्न पुटिनको आदेश

काठमाडौं ,भदौ २१ - रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि आक्रमण नगर्न आदेश दिएका छन् ।
राष्ट्रपति पुटिनको कदम अमेरिकी दूत स्टिभ विट्कफ र जारेड कुश्नरसँगको सम्पर्क तयारीसँग जोडिएको क्रेमलिन प्रवक्ता दिमित्रि पेस्कोभले जानकारी दिएका छन् । उनले अमेरिकी दूतहरुले राष्ट्रपति पुटिनसँग भेट वार्ता गर्ने जानकारी दिएका छन् । सामान्यतया विगतमा यस्ता भेटहरू निकै लामो हुने गरेका उनको भनाइ छ । पेस्कोभले समाधान प्रस्तावबारे अनुमान नलगाउन आग्रह गर्दै पुटिन र अमेरिकी वार्ताकारहरूबीचको भेटको परिणाम पर्खन आग्रह गरेका छन् । विट्कफ र कुश्नर रुस–युक्रेन युद्ध अन्त्य गराउने प्रयासस्वरूप मस्को पुगेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि अमेरिकासँग ठोस प्रस्ताव रहेको संकेत गरे पनि त्यसको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् । विटकफ र कुशनर राष्ट्रपति ट्रम्पको तर्फबाट रुस–युक्रेन शान्ति वार्ता अघि बढाउने प्रयासमा सक्रिय छन् । उनीहरूले यसअघि रुसमा पटक–पटक वार्ता गरेका थिए । यद्यपि,युद्धरत दुवै पक्षबीच अझै ठूलो मतभेद कायम छ । युक्रेनले थप भूभाग छाड्नुपर्ने रुसले माग गरिरहेको छ भने युक्रेनले अस्वीकार गर्दै आएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



