राप्रपाबाट अलगिएका राणाको नयाँ पार्टी अभियान
S
Sristi Thakuri२०२६-०६-१४, ०९:१२ AM

राप्रपा परित्याग गरेका डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई स्थापित गर्न नयाँ राष्ट्रवादी पार्टी गठन गर्न लागिएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टीको नेतृत्व दुर्गा प्रसाईंले गर्ने जानकारी दिँदै राष्ट्रवादी तथा राजावादी शक्तिलाई एकताबद्ध गर्ने प्रयास भइरहेको बताए।
राणाले नयाँ पार्टीले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको पक्षमा काम गर्ने उल्लेख गर्दै आगामी केही महिनाभित्र बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुने दाबी गरे। साथै, राप्रपा नेतृत्वले उक्त एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाउन नसकेकाले नयाँ पार्टी गठनको आवश्यकता परेको उनको भनाइ छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



