Global TV Logo
लोड हुँदैछ...

सभामुख अर्यालद्वारा राष्ट्रपतिसँग भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल

S
Sristi Thakuri
२०२६-०७-३०, ०६:१० AM
होमपेज/विशेष समाचार
सभामुख अर्यालद्वारा राष्ट्रपतिसँग भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल

काठमाडौं , साउन १४ - सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । 

सभामुख आर्यालले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

 १४ दिनपछि आज बस्न लागेको प्रतिनिधिसभाको बैठक अघि सभामुख अर्यालले राष्ट्रपतिसँग छलफल गरेका हुन् । बुधबार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पनि राष्ट्रपतिसँग भेट गरेका थिए । 

भेटमा सुनसरी घटना र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com