Global TV Logo
लोड हुँदैछ...

सरकारद्वारा ३१ निकाय खारेज गर्ने घोषणा, २० अर्ब बचत हुने दाबी

S
Sristi Thakuri
२०२६-०५-२९, १०:५२ AM
होमपेज/आर्थिक
सरकारद्वारा ३१ निकाय खारेज गर्ने घोषणा, २० अर्ब बचत हुने दाबी

सरकारले सार्वजनिक प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन ३१ वटा सरकारी निकाय खारेज गर्ने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी संरचनामा व्यापक सुधार गर्न लागिएको जानकारी दिए । उनकाअनुसार १८ वटा निकायको पुनर्संरचना गरिनेछ भने विभिन्न मन्त्रालय तथा निकायमा दरबन्दीसमेत कटौती गरिनेछ ।अनावश्यक संरचना हटाउने तथा प्रशासनिक खर्च घटाउने योजनाअन्तर्गत यो निर्णय गरिएको अर्थमन्त्री वाग्लेले बताए ।  सरकारको अनुमान अनुसार यी निकाय खारेज तथा पुनर्संरचनाबाट वार्षिक करिब २० अर्ब रुपैयाँ बचत हुने अपेक्षा गरिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
सरकारद्वारा ३१ निकाय खारेज गर्ने घोषणा, २० अर्ब बचत हुने दाबी | Global TV Khabar