Global TV Logo
लोड हुँदैछ...

प्राइम टाइल्सलाई फ्लेम अवार्ड्स एसिया २०२६ मा तीन स्वर्ण

S
Sristi Thakuri
२०२६-०८-१९, ११:४५ AM
होमपेज/विशेष समाचार
प्राइम टाइल्सलाई फ्लेम अवार्ड्स एसिया २०२६ मा तीन स्वर्ण

काठमाडौं , भदौ ३ - नेपालको प्रमुख टाइल उत्पादक कम्पनी प्राइम टाइल्सले ‘फ्लेम अवार्ड्स एसिया २०२६’ मा तीनवटा स्वर्ण पुरस्कार जितेको छ।

रुरल मार्केटिङ एसोसिएसन अफ इन्डिया ९च्ःब्क्ष्० द्वारा आयोजित अवार्डमा प्राइम टाइल्सको ‘जोड्छ जीवन’ अभियानले साउथ एसिया ग्रान्ड प्रिक्स, साउथ एसिया इमर्जिङ मार्केट क्याम्पेन र डिजिटल एन्ड मोबाइल क्याम्पेन–साउथ एसिया विधामा स्वर्ण जितेको हो।नेपाली समाजका पारिवारिक सम्बन्ध, संस्कृति, चाडपर्व तथा घर निर्माणसँग जोडिएका भावनालाई केन्द्रमा राखेर तयार गरिएको ‘जोड्छ जीवन’ अभियानले टाइललाई केवल निर्माण सामग्री नभई जीवन र सम्बन्ध जोड्ने माध्यमका रूपमा प्रस्तुत गरेको थियो।अभियानमा डिजिटल तथा मोबाइल प्लेटफर्ममार्फत छोटा भिडियोबाट दर्शकको चासो बढाउँदै १२० सेकेन्ड लामो मुख्य सिनेमेटिक फिल्म सार्वजनिक गरिएको थियो।

 अभियानको रणनीतिक नेतृत्व एजेन्सी साझेदार आउटरीचले गरेको थियो।प्राइम सिरेमिक्सका अध्यक्ष आशिष गर्गले स्थानीय संस्कृति र मौलिक कथालाई विश्वस्तरीय गुणस्तरसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा नेपाली ब्रान्डको पहिचान स्थापित गर्न सकिने बताए।सन् २०२१ मा रौतहटमा स्थापना भएको प्राइम सिरेमिक्सले आधुनिक प्रविधिबाट फ्लोर तथा वाल टाइल उत्पादन गर्दै आएको छ। 

कम्पनीले तीनवटा स्वर्ण जित्नु नेपाली उत्पादन र सिर्जनात्मक क्षेत्रका लागि समेत महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com