Global TV Logo
लोड हुँदैछ...

अमेरिका–इरान युद्ध अन्त्यका लागि समझदारीपत्रमा ट्रम्प र पेजेशकियानको हस्ताक्षर

S
Sristi Thakuri
२०२६-०६-१८, ०८:२० AM
होमपेज/विशेष समाचार
अमेरिका–इरान युद्ध अन्त्यका लागि समझदारीपत्रमा ट्रम्प र पेजेशकियानको हस्ताक्षर

काठमाडौँ, असार ३ - अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको समझदारीपत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेशकियानले हस्ताक्षर गरेका छन् । 

इरानको विदेश मन्त्रालय र ह्वाइट हाउसले समझदारीपत्रमा डिजिटल माध्यमबाट हस्ताक्षर सम्पन्न भएको पुष्टि गरेका हुन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईका अनुसार हस्ताक्षर डिजिटल रूपमा भइसकेकाले जानकारी दिएका छन् । हस्ताक्षर डिजिटल रूपमा भइसकेकाले स्विट्जरल्यान्डको जेनेभामा कुनै औपचारिक हस्ताक्षर समारोह आयोजना नगरिने उनको भनाइ छ । 

यद्यपि दुवै पक्षका वार्ता टोलीहरू शुक्रबार जेनेभामा भेट्ने कार्यक्रम यथावत् रहेको छ । सम्झौताअनुसार अब आगामी ६० दिनभित्र इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा केन्द्रित वार्ता हुनेछ । राष्ट्रपति ट्रम्पले भने उक्त ६० दिने समयसीमा अन्तिम नभएको बताएका छन् । ह्वाइट हाउसका अधिकारीहरूका अनुसार इरानको पूर्वाधार पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि ३०० अर्ब अमेरिकी डलर बराबरको कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ । 

उक्त रकम मुख्यतः इरानका छिमेकी तथा क्षेत्रीय साझेदार राष्ट्रहरूले लगानीका रूपमा उपलब्ध गराउनेछन् । इरानले पनि क्षेत्रीय साझेदारबाट ३०० अर्ब डलर बराबरको लगानी भित्रिने जनाएको छ । इरानी पक्षले रोक्का गरिएका राष्ट्रिय सम्पत्ति फुकुवा गर्ने संयन्त्र पनि अन्तिम रूप दिइएको जनाएको छ । 

प्रवक्ता बाघाईले इरानलाई आफ्ना सम्पत्तिमाथि पूर्ण पहुँच र प्रयोगको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । सम्झौतामा इरानको मिसाइल तथा प्रतिरक्षा कार्यक्रम भने समावेश गरिएको छैन । बाघाईले इरानको रक्षा क्षमता कुनै पनि वार्ताको विषय नबन्ने स्पष्ट पारेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com