Global TV Logo
लोड हुँदैछ...

ट्रम्पको दाबी : अमेरिका–इरान सम्झौता आइतबार, हर्मुज जलडमरूमध्य खुल्ने संकेत

S
Sristi Thakuri
२०२६-०६-१४, ०६:१६ AM
होमपेज/अन्तर्राष्ट्रिय
ट्रम्पको दाबी : अमेरिका–इरान सम्झौता आइतबार, हर्मुज जलडमरूमध्य खुल्ने संकेत

काठमाडौँ,  जेठ ३१- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि आइतबार सम्झौतामा हस्ताक्षर हुने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ’ट्रुथ सोसल’मा पोस्ट गर्दै आइतबार सम्झौता हुने र त्यसलगत्तै विश्वकै महत्वपूर्ण व्यापारिक जलमार्ग स्ट्रेट अफ हर्मुज सबैका लागि खुला गरिने बताएका हुन् । उनले सम्झौतापछि उपयुक्त समयमा इरानको परमाणु भण्डार हटाएर नष्ट गरिने समेत उल्लेख गरेका छन् ।

 यदि परिस्थिति छिटो र सहज रूपमा अघि बढेन भने वासिङ्टनसँग अन्तिम विकल्प तयार रहेको ट्रम्पको चेतावनी छ । यता, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने ट्रम्पको दाबीप्रति सटिक प्रतिक्रिया दिँदै हस्ताक्षरको निश्चित मितिका लागि केही समय कुर्नुपर्ने बताएका छन् । 

उनले सम्झौता आइतबार नै नहुने संकेत गरे । तर, इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले शुक्रबार नै अमेरिकासँगको सम्झौता नजिक पुगेको र यसले इजरायल र लेबनानको हिजबुल्लाहबीचको द्वन्द्व अन्त्य गर्न समेत सघाउने बताएका थिए । अमेरिका र इजरायलले गत फेब्रुअरी अन्तिम साता इरानमा हमला गरेपछि मध्यपश्चिम क्षेत्र अशान्त छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com