Global TV Logo
लोड हुँदैछ...

अपाचे हेलिकप्टर खसालेपछि अमेरिका–इरान द्वन्द्व थप उग्र

S
Sristi Thakuri
२०२६-०६-११, ०८:१० AM
होमपेज/विशेष समाचार
अपाचे हेलिकप्टर खसालेपछि अमेरिका–इरान द्वन्द्व थप उग्र

अमेरिकी सेनाले इरानका विभिन्न ठेगानालाई निशाना बनाउँदै लगातार दोस्रो दिन पनि शक्तिशाली हवाई हमला जारी राखेको छ । 

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले नयाँ आक्रमणको पुष्टि गर्दै यसलाई इरानको निरन्तर र अनुचित आक्रमकताको जवाफ भनेको हो । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानका प्रमुख केन्द्रहरूमा सेनाले बमबारी गरिरहेको जानकारी दिएका छन् । सम्झौताका लागि दिइएको मौका इरानले नउठाएकाले यो कदम चाल्नुपरेको उनको भनाइ छ । बुधबार इरानले अमेरिकी अपाचे हेलिकप्टर खसालेपछि दुई देशबिचको तनावले उग्र रूप लिएको हो ।

 इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले स्ट्रेट अफ हर्मुज जलमार्ग क्षेत्रमा दुई वटा जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानले सुरक्षा संकटको कारण देखाउँदै रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलमार्ग तेल ट्याङ्कर र व्यापारिक जहाजसहित सबै प्रकारका साधानका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ ।

 इरानले अनुमति बिना उक्त क्षेत्र पार गर्न खोज्ने जुनसुकै जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ । यद्यपि, अमेरिकी सेन्ट्रल कमाण्डले भने इरानी दाबीको खण्डन गर्दै व्यापारिक जहाजहरू अझै पनि उक्त मार्गबाट आवतजावत गरिरहेको र कुनै पनि अमेरिकी युद्धपोतमा क्षति नपुगेको दाबी गरेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com