Global TV Logo
लोड हुँदैछ...

देशभक्त युवालाई पक्राउ नगर्न सांसद राईको सरकारलाई चेतावनी

S
Sristi Thakuri
२०२६-०६-१५, १०:१८ AM
होमपेज/विशेष समाचार
देशभक्त युवालाई पक्राउ नगर्न सांसद राईको सरकारलाई चेतावनी

काठमाडौँ, असार १ - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रहरीको पछिल्लो कार्यशैलीप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै सांसद राईले राष्ट्रिय स्वाभिमान र नागरिक सुरक्षाका विषयमा प्रश्न उठाउँदै प्रधानमन्त्री बालेन्द्र साहद्वारा संसदमा दिइएको विवादित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनपनि सभामुखको ध्यानाकर्षण गराए । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग यथावत रहेको उल्लेख गर्दै उनले सभामुखबाट उक्त अभिव्यक्ति हटाउने आदेशको व्यग्र प्रतीक्षामा रहेकोसमेत बताए । 

त्यसैगरी, सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)बाट भएको अतिक्रमण र नेपाली नागरिकमाथि गरिएको धाकधम्कीको विरोध गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति उनले विरोध जनाए । माईतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका अजय सोदारी र बिरजन बिकलाई प्रहरीले नियन्त्रणमा लिएर झुट्टा मुद्दा चलाउन खोजेको भन्दै उनले गृहमन्त्रीको पनि ध्यानाकर्षण गराए । देशभक्त युवालाई दुःख नदिन र उनीहरूलाई तत्काल रिहा गर्न सांसद राइले माग गरे । 

प्रहरीको पछिल्लो कार्यशैलीमाथि प्रश्न उठाउँदै सांसद राईले विद्यार्थीहरूको मोबाइल खोसेर नष्ट गरिएको र एक विपन्न टेम्पो चालकको सवारी साधन भीरबाट खसालिएको घटनाको आलोचना गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नसमेत माग गरे ।।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com