योगेश भट्टराईको दाबी: एमाले फुट्दैन, पुनर्गठन भएरै छाड्छ

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन हुनेमा ढुक्क रहन आग्रह गरेका छन् ।
एमालेमा पुनर्गठनको मुद्दा पेचिलो बन्दै जाँदा त्यसविरूद्ध अध्यक्ष केपी शर्मा ओली आफै मैदानमा उत्रिएपछि पार्टीभित्र ध्रुवीकरण बढेको हो । पार्टीभित्रको पछिल्लो विवादले विभाजन हुने नेता तथा कार्यकर्ताले आशंका गर्न थालेका छन् ।
त्यही सन्दर्भमा भट्टराईले सामाजिक सञ्जालमा छोटो कवितांश प्रस्तुत गर्दै एमाले पुनर्गठन भइ छाड्ने बताएका हुन् । उनले आफुहरुमा लोभपाप नभएको उल्लेख गर्दै पार्टी नफुट्ने तर पुर्नगठन भने अवश्य हुने जिकिर गरेका छन् ।
एमालेभित्र पुनर्गठनको नेतृत्व अहिले संस्थापकइतर र संस्थापकभित्रैबाट उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले गरिरहेका छन् । कार्यदल नै बनाएर अहिले बहस भइरहेको छ ।
केन्द्रीय सदस्यहरू र तलका अधिकांश नेता–कार्यकर्ता पुनर्गठनको पक्षमा उभिन थालेपछि ओलीले पनि भेला, छलफल गर्दै आफ्नो पक्षमा माहौल विस्तार गरिरहेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



