Global TV Logo
लोड हुँदैछ...

विगतका सरकारलाई दोष देखाएर वर्तमान त्रुटि छोप्न मिल्दैन : कँडेल

S
Sristi Thakuri
२०२६-०६-१०, ०६:३६ AM
होमपेज/विशेष समाचार
विगतका सरकारलाई दोष देखाएर वर्तमान त्रुटि छोप्न मिल्दैन : कँडेल

नेकपा एमालेका सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर वर्तमान सरकारले गरेका त्रुटिको बचाउ गर्न नमिल्ने बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै उनले अर्थमन्त्री स्वर्णिम वाग्ले ले बारम्बार अघिल्ला सरकार र अर्थमन्त्रीहरूलाई दोषारोपण गर्ने प्रवृत्ति उचित नभएको टिप्पणी गरे। सुशासन र सुधारको एजेण्डासहित आएको सरकारले विगतका कमजोरी दोहोर्याउन नहुने उनको भनाइ थियो।

कँडेलले विगतमा त्रुटि भएका भए त्यसको समीक्षा हुनुपर्ने तर त्यसैलाई आधार बनाएर अहिले गल्ती गर्ने छुट कसैलाई नहुने बताए। उनले अर्थमन्त्री स्वयं पनि विगतमा विभिन्न नीतिगत तहमा जिम्मेवारी सम्हालिसकेको व्यक्ति भएकाले अघिल्ला सबै निर्णयबाट आफूलाई पूर्ण रूपमा अलग देखाउन नमिल्ने धारणा राखे।

बैठकमा उनले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीबारे पनि प्रश्न उठाउँदै बहुदर भ्याट प्रणाली लागू गर्ने विषयमा पर्याप्त अध्ययन र तयारी भएको हो वा होइन भन्ने जिज्ञासा राखे। कर नीतिमा स्थायित्व, स्पष्टता र पूर्वानुमानयोग्यता आवश्यक रहेको उल्लेख गर्दै उनले कुनै पनि कर सुधार व्यापक अध्ययन र सरोकारवालासँगको परामर्शपछि मात्र कार्यान्वयन गर्नुपर्ने बताए।

यसअघि सोही बैठकमा अर्थमन्त्री वाग्लेले बजेटमा देखिएको प्राविधिक त्रुटि सच्याइएको विषयलाई विपक्षीले अनावश्यक रूपमा ठूलो मुद्दा बनाएको बताएका थिए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com