Global TV Logo
लोड हुँदैछ...

आज पनि देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

B
Binita Thapa
२०२६-०७-२९, ०६:०९ AM
होमपेज/विशेष समाचार
 आज पनि देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

साउन १३- नारायणी अस्पतालमा भएको चिकित्सिकमाथिको आक्रमणको विरोधमा दोस्रो दिन पनि देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका अन्य सबै स्वास्थ्य सेवा बन्द छन् । 

नेपाल चिकित्सक संघले आह्वान गरेको बन्दका कारण ओपीडी, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रियालगायत सेवाहरू पूर्ण रूपमा ठप्प बनेका छन् । सेवा अवरुद्ध हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामी घर फर्किन बाध्य बनेका छन् । 

वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पताल परिसरमा गरिएको तोडफोडमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न सरकार उदासिन बनेको भन्दै संघले आन्दोलनलाई निरन्तरता दिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com