ट्रम्पको चीन भ्रमणः दशकपछि ऐतिहासिक भेट हुर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प झण्डै एक दशकपछि चीन भ्रमणमा निस्किएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको महत्वपूर्ण भेटवार्ताका लागि राष्ट्रपति ट्रम्प चीन भ्रमण निस्किएका हुन् । करिब एक दशकपछि कुनै अमेरिकी राष्ट्रपतिबाट हुन लागेको यो पहिलो चीन भ्रमण हो ।
ट्रम्पको भ्रमण मे १३ देखि १५ सम्म तय गरिएको छ । विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको सम्बन्ध निर्णायक मोडमा पुगेका बेला ट्रम्पको भ्रमण हुन लागेकाले निकै चासोका साथ हेरिएको छ । भ्रमण दुई देशबीचको संवेदनशील व्यापार सम्झौताका लागि एउटा अग्निपरीक्षा समेत साबित हुने बताइएको छ ।
सन् २०२४ को अप्रिलमा राष्ट्रपति ट्रम्पले विभिन्न देशहरूमाथि भन्सार शुल्क लगाउने घोषणा गरेपछि अमेरिका र चीनबीच व्यापारिक युद्ध शुरू भएको थियो । गत अक्टोबरमा दक्षिण कोरियामा भएको ट्रम्प र सी बीचको भेटवार्तापछि भन्सार शुल्कमा केही रोक लगाइए पनि दुवै पक्षबाट चेतावनीका स्वरहरू भने साम्य भएका थिएनन् ।
विश्वका दुई शक्तिशाली राष्ट्रका प्रमुखहरुबीच इरान युद्धबारे पनि छलफल हुने बताइएको छ । अमेरिका र चीन दुवै इरान द्वन्द्व अन्त्य होस् भन्ने चाहन्छन् । तर, इरानका विषयमा दुवैका दृष्टिकोणहरू निकै भिन्न छन् । यो भ्रमणमा दुई शक्तिशाली नेताले आफ्ना मतभेदहरूलाई कसरी व्यवस्थापन गर्छन् र विश्व अर्थतन्त्रलाई कुन दिशा दिन्छन् भन्ने कुरामा सबैको ध्यान केन्द्रित छ ।।
लोकप्रिय खबर
लोड हुँदैछ...



