दुर्गा प्रसाइ सहित चार बन्दीबारे कारण देखाउ आदेश
B
Buna Ghimire2026-03-03, 12:11 PM


१९ फागुन
सर्वोच्च अदालतले दुर्गा प्रसाइ सहित चारवटा बन्दीहरूबारे कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले चार जना निवेदकहरूको निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै थुनामा राख्नुको कारण माग गरेको छ । दुर्गा प्रसाईंलाई गैरकानूनी थुनामा राखेको भन्दै अधिवक्ता सुरेश बोहरा सर्वोच्च अदालत गएका थिए । यस्तै ईश्वर दाहाललाई गैरकानूनी थुनामा राखिएको भन्दै रविना सथसंकर सर्वोच्च गएका थिए भने युकेन्द्र श्रेष्ठ र गोकुल पराजुलीलाई पनि गैरकानूनी रुपमा थुनिएको भन्दै सर्वोच्चमा निवेदन परेको थियो । ती निवेदनहरूको सुनुवाइपछि सर्वोच्च अदालतले थुनामा राख्नुको कारण पेश गर्न गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायत सम्बन्धित प्रहरी कार्यालयहरूको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

लोकप्रिय खबर
लोड हुँदैछ...




