Global TV Logo
लोड हुँदैछ...

प्रतिफल दिने क्षेत्रमा मात्रै ऋण लगानी गर्छौँ : अर्थमन्त्री वाग्ले

B
Buna Ghimire
२०२६-०७-०९, ११:५४ AM
होमपेज/आर्थिक
प्रतिफल दिने क्षेत्रमा मात्रै ऋण लगानी गर्छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौँ, असार २५ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अब प्रतिफल दिने र उत्पादनशील क्षेत्रमा मात्रै ऋण लगानी गर्ने बताएका छन्।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी हुँदा सार्वजनिक ऋणको भार बढेको बताए।

उनका अनुसार पछिल्ला सात–आठ वर्षमा सार्वजनिक ऋण वार्षिक औसत करिब १८ प्रतिशतका दरले बढेको छ। आवश्यक र प्रतिफलमुखी क्षेत्रमा लगानी गर्न ऋण लिनुपर्ने भए पनि ऋणको उपयोग प्रभावकारी हुनुपर्नेमा उनले जोड दिए।

“ऋण लिनु आफैँमा गलत होइन,” अर्थमन्त्री वाग्लेले भने, “उत्पादनशील क्षेत्रमा लगानीका लागि लिइएको ऋणले अर्थतन्त्रको आकार विस्तार गर्न सहयोग गर्छ।”

उनले आगामी आर्थिक वर्षमा सरकारले करिब साढे ६ खर्ब रुपैयाँ ऋण उठाउने योजना बनाएको जानकारी दिँदै उक्त रकमको ठूलो हिस्सा पुरानो ऋणको साँवा भुक्तानीमा खर्च हुने बताए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com