Global TV Logo
लोड हुँदैछ...

देशका विभिन्न ठाउँमा वर्षासँगै चट्याङ्गको जोखिम

B
Binita Thapa
२०२६-०६-१४, ०३:३४ AM
होमपेज/समाचार
देशका विभिन्न ठाउँमा वर्षासँगै चट्याङ्गको जोखिम

काठमाडौँ,  जेठ ३१- आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

विशेष गरी कोशी प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार मधेश प्रदेशका एकरदुई ठाउँमा पनि मध्यम वर्षाको सम्भावना छ । 

वर्षासँगै चट्याङ्गको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।  रातिको समयमा कोशी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा वा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ । त्यसै गरी बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । 

मधेश प्रदेशका केही ठाउँमा राति पनि मेघ गर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन् ।

 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com