Global TV Logo
लोड हुँदैछ...

विश्वकप फुटबलमा स्कटल्यान्डको विजयी शुरुआत

B
Binita Thapa
२०२६-०६-१४, ०३:५२ AM
होमपेज/समाचार
विश्वकप फुटबलमा स्कटल्यान्डको विजयी शुरुआत

काठमाडौँ,  जेठ ३१- फिफा विश्वकप फुटबलमा स्कटल्यान्डले विजयी शुरुआत गरेको छ । समूह ‘सी’को खेलमा स्कटल्यान्डले हाइटीलाई १ गोलले पराजित गरेको हो । 

अमेरिकाको बोस्टनमा भएको खेलमा उसका जोन म्याकगिननले खेलको २८ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्कटल्यान्डले विश्वकपमा २८ वर्षपछि खेलेको हो । जीतसँगै उसले महत्वपूर्ण तीन अंक जोडेको छ ।  अहिले पौने १० बजे समूह ‘डी’ को अष्ट्रेलिया र टर्कीएले खेल्दैछन् । यस्तै आज बिहान भएका खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विट्जरल्यान्डले बराबरी खेलेका छन् । मोरक्कोसँगको खेलमा ब्राजिल स्टार खेलाडी नेयमारबिनै खेलेको थियो । 

मोरक्कोका  स्माइल साइबरीले २१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ब्राजिलका भिनिसियस जुनियरले ३२ औं मिनेटमा गोल गर्दै खेललाई एकरएकको बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन सकेन र दुबै टोलीले एकरएक अंक बाँडेका छन् । 

त्यस्तै स्विट्जरल्यान्ड र कतारले पनि बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको १७औँ मिनेटमा ब्रेल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयमा कतारका बोउलेम खोउखीले गोल गर्दै खेल बराबरी बनाए । 

उनको गोलले कतारलाई हारबाट जोगाउनुका साथै विश्वकप इतिहासमा पहिलो अंक दिलाएको छ ।।

 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com