नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ, कात्तिक १५- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।
बैठक आअज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने महामन्त्री उदयशम्शेर राणाले जानकारी दिएका हुन् । बैठकमा विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना, पार्टीको आन्तरिक कार्यविभाजन र पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्न लागेको समानान्तर महाधिवेशनका विषयमा छलफल हुनेछ । यसैबीच, सभापति गगनकुमार थापाले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे विशेष सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक सूचना जारी गर्दै सभापतिको सम्बोधन कार्यक्रमबारे जानकारी दिएका हुन् । पार्टीले उक्त कार्यक्रममा उपस्थितिका लागि नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूलाई हार्दिक अनुरोध समेत गरेको छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था, जनसरोकारका विषय तथा पार्टीको आगामी रणनीतिका बारेमा सभापति थापाले धारणा सार्वजनिक गर्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । केन्द्रीय कार्यसमिति बैठकले गत असोजमा सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यको कार्यविभाजन गर्ने बताइएको छ । कांग्रेसको देउवा समूहले आगामी मंसिर २१–२३ मा १५ औं महाधिवेशनका लागि मातहतका अधिवेशन तीव्र रुपमा अगाडि बढाएको छ । यस विषयमा पनि केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय हुने बताइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



