Global TV Logo
लोड हुँदैछ...

जेनजी डाक्टरहरुले गरे माइतीघरमा प्रदर्शन

B
Binita Thapa
२०२६-०६-१३, ०६:५७ AM
होमपेज/समाचार
 जेनजी डाक्टरहरुले गरे माइतीघरमा प्रदर्शन

काठमाडौँ, जेठ ३०-  चिकित्सकले ‘जेनजी सरकार, जेनजी डाक्टरलाई न्याय दे’ भन्ने नारासहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

प्रशिक्षार्थी तथा युवा चिकित्सकहरूले श्रम अधिकार, पारिश्रमिक, बिदा, मानसिक स्वास्थ्य तथा चिकित्सा शिक्षा सम्बन्धी विभिन्न विषय समेटिएका ७ बुँदे माग राख्दै माइतीघरमा प्रदर्शन गरेका हुन्।

उनीहरूले चिकित्सकहरूले प्रशिक्षार्थी चिकित्सकहरू लामो समयसम्म काम गर्न बाध्य भएको, श्रम ऐनअनुसारको सेवा–सुविधा नपाएको तथा अध्ययन र प्रशिक्षणका क्रममा विभिन्न प्रकारका समस्या भोग्नुपरेको बताएका छन्। चिकित्सकहरूको श्रम शोषण अन्त्य गर्दै सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न माग गरेका छन्।

बजेटमार्फत बढाइएको तलब कार्यान्वयन गर्दै आवासीय चिकित्सकलाई अधिकृत आठौँ तह सरहको तलब साउन महिनादेखि उपलब्ध गराउनुपर्ने तथा सातामा ४८ घण्टाभन्दा बढी काम गराए श्रम ऐनअनुसार अतिरिक्त समयको भत्ता दिनुपर्नेलगायतको माग राखेका छन्।

 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com