Global TV Logo
लोड हुँदैछ...

विश्वकप फुटबल : ब्राजिल र मोरोक्को तथा स्विट्जरल्यान्ड र कतारबीचको खेल बराबरी

B
Binita Thapa
२०२६-०६-१४, ०३:२५ AM
होमपेज/विशेष समाचार
विश्वकप फुटबल : ब्राजिल र मोरोक्को तथा स्विट्जरल्यान्ड र कतारबीचको खेल बराबरी

काठमाडौँ,  जेठ ३१- फिफा विश्वकप २०२६ अन्तर्गत समूह सी को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल अफ्रिकन पावरहाउस मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ । 

आज बिहान न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेल बराबरीमा टुंगिएसँगै दुवै टोलीले अंक बाँडेका हुन् । खेलको सुरुवातमा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै दबाब सिर्जना गरेको थियो । २१ औँ मिनेटमा ब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै आई. साइबारीले सुन्दर गोल गरेर मोरक्कोलाई अग्रता दिलाएका थिए । तर, मोरक्कोको यो अग्रता धेरै समय टिक्न सकेन । 

खेलको ३२ औँ मिनेटमा ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले बराबरी गोल फर्काए । उनले ब्रुनो गुइमारेसको उत्कृष्ट पासमा गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याएका थिए । बराबरीसँगै समूह ’सी’ मा रहेका ब्राजिल र मोरक्कोले समान १–१ अंक बाँडेका छन् । यसै समूहमा स्कटल्याण्ड र हाइटी पनि रहेका छन् । 

विश्वकप अन्र्तगत आज बिहान भएको विश्वकप अन्तर्गत समूह बी को खेलमा कतारले स्विजरल्याण्डलाई १–१ को बराबरीमा रोकेको छ । खेलको अन्तिम समयमा बुआलेम खोखिले गोल गरेपछि कतारले विश्वकप इतिहासमा आफ्नो पहिलो अंक बटुल्न सफल भएको हो । खेलको १७ औँ मिनेटमा ब्रील एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विजरल्याण्डलाई १–० को अग्रता दिलाएका थिए ।  

एकपक्षीय जस्तो देखिएको खेलमा हारतर्फ धकेलिएको कतारले इन्जुरी समयमा चामत्कारिक पुनरागमन ग¥यो । खेलको ९४ औँ मिनेटमा होमाम एल अमीनको सटिक क्रसलाई बुआलेम खोखिले हेडरमार्फत गोलमा परिणत गरे ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com