Global TV Logo
लोड हुँदैछ...

इन्टर्न चिकित्सकहरूको माईतीघरमा प्रदर्शन

B
Buna Ghimire
२०२६-०७-११, १०:०१ AM
होमपेज/स्वास्थ्य
इन्टर्न चिकित्सकहरूको माईतीघरमा प्रदर्शन

काठमाडौं, असार २७ —एमबीबीएस तथा बिडीएस इन्टर्न चिकित्सकहरुले स्टाइपेन्ड सम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका छन् । 

एमबीबीएस तथा बिडीएस इन्टर्न संघर्ष समितिको नेतृत्वमा शनिवार चिकित्सकहरुले प्रदर्शन गरेका हुन् । संघर्ष समितिका सह–संयोजक विकासकुमार शाहले आफूहरू व्यक्तिगत स्वार्थका लागि नभई इन्टर्न चिकित्सकहरूको श्रमको सम्मान, उचित पारिश्रमिक तथा भावी मेडिकल विद्यार्थीहरूको भविष्य सुरक्षित गर्न आन्दोलनमा उत्रिएको बताए ।  उनले शिक्षा मन्त्रालयले इन्टर्न मेडिकल अफिसरको स्टाइपेन्ड ७५ प्रतिशत पु¥याउने निर्णय गरेको बताए ।  मन्त्रालयले उक्त विषयमा अध्ययन समिति नै गठन गरी निर्णय गरेको भएपनि चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक नबस्दा हालसम्म निर्णय कार्यान्वयन हुन नसकेको जानकारी दिए । उनले मन्त्रालयबाट निर्णय भएर आएको कुरा कार्यान्वयन नभएपछि आन्दोलन बाध्यता बनेको बताए । 

 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com