Global TV Logo
लोड हुँदैछ...

आज पाँचवटा प्रदेशमा वर्षाको सम्भावना

B
Binita Thapa
२०२६-११-०७, ०३:४८ AM
होमपेज/विशेष समाचार
आज पाँचवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, कात्तिक २१ - देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा हिमपातको पनि पूर्वानुमान छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका साथै कोसी, वाग्मती, गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ ।  विभागले राति कोसी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका साथै बाँकी हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ ।

 तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु- कुहिरो लाग्ने पूर्वानुमान छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com