एनपीएलमा आज काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
B
Binita Thapa२०२६-११-०७, ०३:५४ AM

काठमाडौं, कात्तिक २१ - नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल मात्रै हुँदैछ ।
साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा काठमाडौँ गोर्खाजले अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सको सामना गर्दैछ । लुम्बिनी ७ अंकका साथ शीर्ष स्थानमा छ भने काठमान्डु ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।
लुम्बिनी अपराजित छ । ४ खेलमा ३ मा विजयी भएको छ भने एक खेल रद्द हुँदा अंक बाँडेको छ । काठमाडौँले ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा पराजित भएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



