Global TV Logo
लोड हुँदैछ...

तिहारको पहिलो दिन आज काग पूजा गरिँदै

B
Binita Thapa
२०२६-११-०७, ०३:४४ AM
होमपेज/विशेष समाचार
तिहारको पहिलो दिन आज काग पूजा गरिँदै

काठमाडौं, कात्तिक २१ - यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरिँदैछ ।

यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर काग तिहार मनाउने प्रचलन छ । आज काग तिहारको दिन काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा कागको विशेष पूजाआराधना गरिन्छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मनपर्ने खानेकुरा दिई खुसी पार्ने परम्परा छ । आजको दिन कागलाई दही–भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने धार्मिक विश्वाससमेत गरिन्छ । आजबाट लगातार सार्वजनिक बिदा भएकाले तिहारको रौनक पनि बढेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीप दान गर्ने र त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसअनुसार यमदीप दान शुक्रबार बेलुका नै गरिएको थियो । धनवन्तरी जयन्ती भने कात्तिक २१ गते शनिबार अर्थात् आज परेको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com