Global TV Logo
लोड हुँदैछ...

सडकको लम्बाइ होइन, यात्रा समय घटाउने पूर्वाधार विकासमा जोड दिनुपर्छ : निकोलस पाण्डे

S
Sristi Thakuri
२०२६-११-०५, ११:०५ AM
होमपेज/विशेष समाचार
सडकको लम्बाइ होइन, यात्रा समय घटाउने पूर्वाधार विकासमा जोड दिनुपर्छ : निकोलस पाण्डे

काठमाडौं, कात्तिक १९ - नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले नेपालको पूर्वाधार विकासलाई सडक निर्माणको लम्बाइबाट नभई एक ठाउँबाट अर्को ठाउँ पुग्न लाग्ने समयका आधारमा मूल्याङ्कन गर्नुपर्ने बताएका छन । 

बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ मा उनले देशका प्रमुख सहर तथा पूर्व–पश्चिमका भूभागलाई निश्चित समयभित्र जोड्नसके मात्रै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए । उनले काठमाडौंलाई तीन घण्टामा चितवन, साढे तीन घण्टामा पोखरा, ६ घण्टामा काँकडभिट्टा र नौ घण्टामा कञ्चनपुरसँग जोड्ने पूर्वाधार आवश्यक रहेको औँल्याए । त्यस्तै, पूर्वदेखि पश्चिमसम्मको यात्रा १२ घण्टामा पूरा गर्न सक्ने अवस्था बनाउनुपर्ने उनको भनाइ छ । देशका विभिन्न भूभागबीचको यात्रा समय घटाउन सके मात्रै १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्यले सार्थकता पाउने उनले बताए । 

उनले पूर्वाधार निर्माणको प्राथमिकता यात्रा समय घटाउने, बजारसम्मको पहुँच विस्तार गर्ने र देशका विभिन्न क्षेत्रबीच आर्थिक अन्तरसम्बन्ध बलियो बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए । १०० अर्ब डलरको अर्थतन्त्र निर्माणको लक्ष्य केवल आर्थिक सूचकमा सीमित नराखी देशभित्रको भौगोलिक दूरी र आवागमनको समय घटाउने विकाससँग जोड्नुपर्ने उनको भनाइ छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com