Global TV Logo
लोड हुँदैछ...

कांग्रेसको आधिकारिकता विवादमा गगनको प्रष्टीकरण : एक सुका पनि लेनदेन भएको छैन

S
Sristi Thakuri
२०२६-११-०५, ११:५५ AM
होमपेज/विशेष समाचार
कांग्रेसको आधिकारिकता विवादमा गगनको प्रष्टीकरण : एक सुका पनि लेनदेन भएको छैन

काठमाडौं, कात्तिक १९ - नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकता प्राप्त गर्ने राजनीतिक तथा कानुनी संघर्षमा कुनै पनि आर्थिक लेनदेन नभएको दाबी गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै थापाले आधिकारिकताको लडाइँमा एक सुकाको समेत आर्थिक चलखेल नभएको स्पष्ट पारेका हुन्वि शेष महाधिवेशन पक्षधरलाई अदालतबाट आधिकारिकता दिलाउन आर्थिक लेनदेन भएको दाबीसहित अडियो सार्वजनिक भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।थापाले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गर्दै कांग्रेस सबै प्रकारका अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन्। साथै, कसैले डर र दबाब दिएर आफू नतर्सिने पनि उनले स्पष्ट पारेका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com